हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
63
Shares

१. देशभर गरिएको १५ हजार ६ सय ११ परीक्षणमा ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ४ सय ५८ जना कोरोना संक्रमणमुक्त, ३५ को मृत्यु, २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ९६१ संक्रमित ।

२. सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि आवश्यक समन्वय गर्नेे प्रधानमन्त्री देउवाद्वारा जानकारी, अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्काउने बाचा ।

३. प्रधानमन्त्री भएको एक महिनासम्म पनि मन्त्रीमण्डल विस्तार गर्न देउवा असफल, कोरोनाको तेस्रो लहरको जोखिमका बीच स्वास्थ्यलगायत सम्बन्धित मन्त्रालय रिक्त ।

४. संघीय संसद्को अधिवेशन अन्त्य, सरकारले प्रतिनिधि र राष्ट्रियसभालाई विजनेश दिन नसकेपछि चालू अधिवेशन आजै रातिबाट अन्त्य गरियो ।

५. कांग्रेसभित्रै प्रधानमन्त्री देउवाका विभिन्न गुट, शक्ति र पहुँच देखाउन बनेका गुट व्यवस्थापन गर्न देउवालाई सकस, आसेपासेका कारण प्रधानमन्त्रीलाई भेट्नै मुस्किल परेको कांग्रेस नेताको गुनासो ।

६. सर्वोच्च अदालतद्वारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्विकार, जसपाको आधिकारिकता उपेन्द्र यादवलाई ।

७. अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्धार गर्न सभामुखको निर्देशन, विकसित घटनाक्रमका विषयमा प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको भन्दै नेपाली फिर्ता ल्याउन सरकारलाई निर्देशन ।

८. सरकारले प्रदेश २ का प्रमुख डा. राजेश अहिराजलाई पदमुक्त ग¥यो, हरिशंकर मिश्र प्रदेशप्रमुखमा नियुक्त ।

९. सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको मनसुनजन्य विपद्को अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी सुरु, भेमाथाङमा करिब १५ लाख ट्रक गेग्रान भरिएको विज्ञको अनुमान ।

१०. नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरे सर्वोच्चमा मुद्दा, घिसिङलाई हटाई आफूलाई पुनः नियुक्ति गर्न माग ।

११. तपाईंको आफन्त वा तपाईं स्वयं अफगानिस्तान भए परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागको सम्पर्कमा आउन अनुरोध, अनलाइन रजिस्ट्रेसनका लागि भाइवर, ह्वाट्सएपमा सम्पर्क गर्न सूचना जारी ।

१२. बिचौलिया हाबी हुँदा दुई महिनामै झण्डै दोब्बरले बढ्यो अण्डाको भाउ, प्रतिगोटा १६ रुपैयाँभन्दा बढी लिए विभागको सम्पर्क नम्बर ९८४१३८२३०२ मा सिधै खबर गर्न अनुरोध ।

१३. अफगानिस्तान तालिबानको कब्जामा आएसँगै देखियो दर्दनाक दृश्य, विमानस्थलामा गोली चल्दा ३ जनाको मृत्यु, देश छोड्न टेक अफ लिन लागेको विमानमा झुण्डिदै मानिसहरु, दुई जना विमानबाटै खसेको दर्दनाक भिडियो बाहिरियो ।

१४. हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो, पाँच हजार ७०० जना बढी घाइते, हाइटी सरकारद्वारा आपतकाल घोषणा ।

१५. नेपालले पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण एकदिवसीय खेल खेल्ने, आगामी सेप्टेम्बर ५ र ८ मा पीएनजीसँग ओमनमा भेट्दै नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?