हेलिकप्टर र कारमा पैसा भरेर उडेका अफगानी राष्ट्रपति घानी कहाँ छन् ?

लोकपथ
6.2k
Shares

अफगानिस्तान । तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

रसियन राजदूतावासले राष्ट्रपति घानीले चारवटा कार र एउटा हेलिकप्टर भरि पैसा बोकेर अफगानिस्तान छाडेको बताएको छ।

रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। उनीहरू हेलिकप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए।’

उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी छिट्टै अमेरिका जाने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?