काठमाडौं । देशको राजधानी काबुल कब्जा गरेपछि आइतबार अफगान राष्ट्रपति अशरफ घानी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ।
अफगान उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ।
सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो।
तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारण गर्यो।
अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन्।
अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया