तालिबानले सहर कब्जा गर्न थालेपछि सेना प्रमुख बर्खास्त

लोकपथ
2.2k
Shares

काठमाडौं । अफगानिस्तान सरकारले तालिबान विद्रोहीले विभिन्न प्रान्त र सहर कब्जा गर्न थालेपछि सैनिक प्रमुखलाई हटाएको छ।

तालिबान लडाकुले ३४ मध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेपछि सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई बर्खास्त गरेको हो।

गत जुन महिनामा नियुक्त उनलाई सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको आरोप लगाउँदै हटाइएको बताइएको छ । त्यससँगै नयाँ सैनिक प्रमुखमा जनरल हिबातुल्लाह अजिजेई नियुक्त भएका छन्।

नयाँ सेना प्रमुखले देशमा बढिरहेको हिंसासँग जुध्नुपर्ने चुनौती रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?