जम्मु काश्मीरस्थित लालचोकको घण्टाघर तिरंगा शैलीमा सजाइयो

लोकपथ
133
Shares

काठमाडौं । जम्मु काश्मीरमा धारा ३७० को खारेजीको दुई वर्ष पुगेको अवसरमा श्रीनगरको लालचोकमा रहेको घण्टाघरलाई तिरंगा शैलीमा सजाइएको छ ।

लालचोकको घण्टाघरमा तिरंगाको रंगले सजाउँदै जम्मु काश्मीरमा केन्द्र प्रशासित राज्यको रुपमा पहिचान गरेको अवसरमा खुसीयाली मनाइएको छ ।

१५ अगस्तअघि नै लालचोकमा यसरी खुसीयाली मनाइएको छ । श्रीनगरका मेयरले स्वतन्त्रता दिवस अगाडि नै धारा ३७० को खारेजीको खुसीयालीमा तिरंग शैलीमा लालचोकको घण्टाघर सजाइएको बताएका छन् ।

जम्मु काश्मीर भारत सरकारको स्वतन्त्रतापछि सम्भवतः लालचोकमा यसरी भारतीय झण्डाको शैलीमा सजाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसलाई परिवर्तित घण्टाघरको प्रतिकको रुपमा परिभाषित गरिएको छ ।

एक केन्द्रीय मन्त्रीका अनुसार जम्मु काश्मीरको विकास र शान्ति स्थापनको सबैभन्दा ठूलो बाधक धारा ३७० रहेको थियो । उक्त बाधा हटाइएपछि जम्मु काश्मीरको विकास र समृद्धिले नयाँ उचाइ प्राप्त गरेको उनले बताएका छन् ।

यसअघि जम्मु काश्मीमार छुट्टै संविधान र झण्डा रहेको थियो, तर पछिल्लो समय धारा ३७० को खारेजीपछि उक्भ झण्डा र संविधान स्वतः निस्क्रिय पारिएको छ । धारा ३७० को खारेजीपछि आतंकवादी गतिविधिमा पूर्णरुपमा नियन्त्रणमा आएको र शान्ति सुरक्षामा सरकार पूर्ण प्रतिबद्ध रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?