भारत । भारतीय कांग्रेस नेता राहुल गान्धीको ट्वीटर अकाउन्ट अस्थायी रुपमा ‘ब्लक’ भएको छ । अकाउन्ट ब्लक भएपछि उनले नयाँ ट्वीट गर्न पाएका छैनन् ।
कांग्रेसले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ, ‘राहुल गान्धीको ट्वीटर एकाउन्ट अस्थायी रुपमा ब्लक भएको छ । यसलाई रिस्टोर गर्ने प्रक्रिया जारी छ । तबसम्म उहाँले अरु सामाजिक सञ्जाल मार्फत आफ्नो कुरा प्रस्तुत गर्नु हुनेछ । नागरिकको आवाज उठाइ रहनु हुन्छ ।’
राहुलले नौ वर्षीय दलित युवतीको परिवारसँग भेट गरेको तस्वीर ट्वीटरमा पोस्ट गरेका थिए, जसको मृत्यु बलात्कारपछि दिल्लीमा भएको थियो। पीडित परिवारको पहिचान खुल्ने तस्वीर राखेका कारण ट्वीटरले राहुलको अकाउन्टलाई अस्थायी रुपमा ब्लक गरेको हो।
यौन उत्पीडनका प्रभावित वा उनका परिवारको पहिचान खुलाउन पाईँदैन । बुधबार गान्धीले बालिकाको परिवारसँग भेट्दाको तस्बिर पोस्ट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया