सबरगान सहरलाई कब्जामा लिएको तालिबान समूहको दाबी

लोकपथ
70
Shares

काबुल । अफगानिस्तानको तालिबान समूहले दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दाबी गरेको छ ।

अफगानिस्तानको ग्रामिण इलाकामा प्रभाव रहेको तालिबान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।

उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान सहर आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको छ । यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।

यद्यपि अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने बताएका छन्। तालिबान समूहले प्रानीय सहरलाई आफ्नो पकडमा ल्याएको घोषणा सरकारी सुरक्षाबलका लागि ठूलो धक्का हो ।

पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख सहरहरु पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिबान समूहका एक कमाण्डरले बताएका छन् । सरकारले सेनालाई उक्त क्षेत्रमा सशक्त पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?