अत्यन्त आवश्यक नपरी घरबाहिर ननिस्किन प्रधानमन्त्री देउवाको आग्रह

लोकपथ
854
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अत्यन्त आवश्यक नपरी घरबाहिर ननिस्किन आग्रह गरेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुन लगोको भन्दै प्रधानमन्त्री देउवाले सबैलाई सचेत रहन आग्रह गरेका हुन् ।

उनले सरकारको एक्लो प्रयासले महामारीलाई हराउन नसकिने भएकाले सबै मिलेर महामारीलाई परास्त गर्नुपर्ने बताए ।

उनले शनिवार एक भिडियो शन्देश जारी गर्दै महामारी नियन्त्रणको सबै भन्दा प्रभावकारी अस्त्र खोप भएको भन्दै अहिले विभिन्न समूहलाई खोप लगाउने कार्य जारी रहेको पनि जानकारी दिए । खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न पनि प्रधानमन्त्री देउवाले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?