‘हेडमास्टर’माथि शिक्षिकाले गरिन् चप्पल प्रहार

लोकपथ
238
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगरमा स्कूलमै शिक्षिका जिस्क्याउने ‘हेडमास्टर’माथि चप्पल प्रहार भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय अगरदी डीह प्राथमिक विद्यालयका प्रधानाध्यापक मनोज कुमारले स्कूलमै जिस्क्याएपछि शिक्षिकले मैदानमा ल्याएर चप्पलले हिर्काएकी थिइन् ।

शिक्षिकाले लगातार चप्पर हिर्काइराखेपछि मनोज स्कूल परिसरबाट भागेका थिए । शिक्षिकाले भनिन्, ‘प्रधानाध्यापकले त्यो दिन मलाई रजिस्टरसहित कार्यकक्षमा बोलाउनुभयो । म भित्र गएर हस्ताक्षर गर्न खोज्दा मेरो हात समाउनुभयो र भन्नुभयो – हस्ताक्षर गर्न दिँदैन, तिमी मैले भनेको मान्दिनौ।’

शिक्षिकाका अनुसार मौका मिल्दाखेरी मनोजले कार्यकक्षमै जिस्क्याउने गरेका थिए । त्यसको विरोध गर्दा जागिरबाट हटाइदिने धम्की दिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?