काठमाडौं । चर्चित अमेरिकी गायिका तथा व्यापारी रिहाना अर्बपतिको सूचीमा पर्न सफल भएकी छिन् ।
फेन्टी ब्युटी कस्पेटिक कम्पनी र भित्री वस्त्र बेच्ने स्याभेज एक्स फेन्टीको मूल्य बढेसँगै रिहानाको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ फोर्ब्सले जनाएको छ ।
त्यसबाहेक उनले संगीत र अभिनयबाट अन्य पैसा कमाएकी हुन् । ३३ वर्षकी रिहाना व्यापारभन्दा पनि बढी संगीतबाटै बढी चिनिन्छिन् ।
रिहानाको नाम रोबयिन फेन्टी हो र उनले सन् २०!७ मा फेन्टी ब्युटीसँगै सहकार्यमा खाद्यान्न कम्पनी एलभीएमएच पनि सञ्चालन गरेकी थिइन् । बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया