अझै ८४८ संक्रमित आईसीयू र भेन्टिलेटरमा

लोकपथ
105
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६८६ कोरोना संक्रमितको आईसीयूमा र १६२ को भेन्टिलेटरमा गरी कुल ८४८ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १२५ जना आईसीयूमा र ५० भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ४२५ जना आईसीयूमा र ९१ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ४४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५७ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा १७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा १४ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?