दक्षिण कोरियामा नयाँ भेरिएन्टका दुई हजार बढी संक्रमित थपिए

लोकपथ
105
Shares

काठमाडौं । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार गएको हप्तामा दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका मंगलबार जनाएको छ ।

यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको पनि बताइएको छ ।

नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो । यो समेत गरी यहाँ त्यस यता नयाँ भेरिएन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?