छिमेकी महिलामाथि एसिड प्रहार गरी फरार युवा पक्राउ

लोकपथ
77
Shares
तस्वीर गूगल

इटहरी । छिमेकी महिलामाथि एसिड प्रहार गरी फरार एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र ३ हर्दिया का ३० वर्षीय रोमन राजधामी रहेका छन् ।

गत साउन १२ गते छिमेकी ४३ वर्षकी श्यामकुमारी धामीलाई एसिड हानेर भागेका रोमन साउन १५ गते पक्राउ परेका हुन् । प्रहरीका अनुसार रोमन काठमाडौंको गौशालाबाट पक्राउ परेका हुन् ।

रोमनले त्यो दिनआफ्नै २८ वर्षीया श्रीमती सरस्वती बस्नेतलाई एसिड प्रहार गर्न खोजेका थिए । श्रीमानले एसिड हान्न खोजेको थाहा पाउने बित्तिकै डरले भागेकी सरस्वती ज्यान जोगाउन छिमेकी श्यामकुमारी धामीको घरमा लुकेकी थिइन् । हातमा एसिडको बोतल बोकी पछिपछि लखेट्दै गएका रोमनले बाहिरबाट ढोका खोल भन्दै ढोकामा लात्तीले प्रहार गरेका थिए ।

त्यसो नगर्न सम्झाउने क्रममा बाहिर निस्केकी धामीको टाउको तथा अनुहारमा रोमनले एसिड हानेको प्रहरीले जानकारी दिएको छ । सो क्रममा रोमनलाई रोक्न आएका दुई जना छिमेकीसमेत घाइते भएका थिए ।

गम्भीर घाइते भएकी श्यामकुमारी धामीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकी थप उपचारका लागि विराटनगरको म्याक्स अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?