१३ वर्षीया छोरीमाथि बलात्कार गरेको अभियोगमा बुवा पक्राउ

लोकपथ
175
Shares

अर्घाखाँची । अर्घाखाँचीमा छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय बुवालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती बाबुले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?