काठमाडौं । वीर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीले विभिन्न मागसहित गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
आइतबार दिउँसो अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरु प्रशासकीय अधिकृत डा. जागेश्वर गौतम विरुद्ध आन्दोलन गरेका थिए ।
सोही क्रममा प्रहरीले गरेको हस्तक्षेपमा प्रहरीले लाठीचार्ज गरेको अस्पतालका कर्मचारी दिपक मुडभरीले लोकपथलाई जानकारी दिए ।
सरकारले वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरि डा. गौतमलाई अस्पतालको जिम्मेवारी दिएपनि कुनै सुधार नभएको भन्दै कर्मचारी तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया