कोरोनाको खोप लगाउनुभयो ? ललितपुर महानगरपालिकाको यो सूचना पढ्नुहोस्

लोकपथ
280
Shares

काठमाडौं – के तपाईले कोरोनाको खोप लगाउनुभयो ? यदी लगाउनुभएको छैन भने ललितपुर महानगरपालिकाले आज शुक्रबारदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम शुरु गर्दैछ।

महानगरले सूचना जारी गर्दै ४५ वर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ ।

खोप कार्यक्रम साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुनेछ।

महानगरले साउन १८ गते जोन्सोन एण्ड जोन्सोन खोप कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । सूचना हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?