काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ५ सय ९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको कुल १४ हजार २ सय ४२ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् । त्यसैगरी देशभरबाट थप १ हजार ३ सय ७३ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया