ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको संख्या अझै घटेन, एक दिनमै १ हजार ३४४ को मृत्यु

लोकपथ
49
Shares

ब्राजिल । ब्राजिलमा कोभिड–१९ बाट हुने मृत्युको संख्या अझै पनि घट्न सकेको छैन। यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्युको संख्या बढ्दै गएको छ । कोभिड–१९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ कोरोना संक्रमण बाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ५३ हजार १७९ पुगेको छ ।यहाँका अधिकारीहरुले बुधबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड—१९ संक्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ४८ हजारभन्दा बढी रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९७ लाखभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा दुई महिनाअघि कोभिड—१९ का संक्रमितहरु घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?