त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

लोकपथ
154
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भएका २८ वर्षीय पदम परियार रहेका छन् ।

परियारलाई १ किलो १ सय ६५ ग्राम सुनसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको बस्तुमा उक्त सुन लुकाइ ल्याउँदै गरेको अवस्थामा फेला पारिएको हो ।

परियारलाई उक्त सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?