सप्तरी । अवैध रुपमा भित्र्याउँदै गरेको राँगा सप्तरीबाट प्रहरीले बरामद गरिएको छ ।
जिल्लाको सुरुङ्ग नगरपालिका वडा नम्वर १० बलान खोलबाट मंगलबार बिहान २ बजेको समयमा बरामद गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलिले उक्त राँगा फेला पारेको हो ।
भारतबाट अबैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थमा ४० वटा राँगा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बरामद भएका ४० वटा रँगा १६ लाख मूल्यबराबरको मुल्याङन गरी आवश्यक कारवाहीका लागि राजविराज भंसार कार्यालय तिलाठी पठाईएको प्रवक्ता काफ्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया