डा. भट्टराईको अभिव्यक्तिप्रति विश्व हिन्दु महासंघको आपत्ति

लोकपथ
338
Shares

काठमाडौं । विश्व हिन्दु महासंघले पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

महासंघले शुक्रवार एक विज्ञप्ति जारी गरी डा. भट्टराईले हिन्दुधर्ममा आस्था राख्नेहरुको विश्वासमाथि प्रहार गरेको भन्दै आपत्ति जनाएको हो ।

महासंघकी महासचिव अस्मीता भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टीका संघीय अध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दु धर्मावलम्बी ॐकार परिवारको आस्था र विश्वासप्रति प्रहार गर्दै सामाजिक सञ्जाल ट्विटर मार्पत गरेको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

महासंघले डा. भट्टराईलाई कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।

डा. भट्टराईले भारत उत्तर प्रदेशका मुखयमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध पोखेको तस्वीर राखेर ट्वीट गरेपछि उनलको ट्वीट विवादित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?