काठमडौं । नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधान नमानेको आरोप लगाएका छन्।
संसदमा प्रधानन्त्री शेरबहादुर देउवालाई बधाइ दिँदै सांसद गजुरेलले ओलीले २०७२ सालमा जारी भएको नेपालको संविधानलाई स्वीकार नै नगरेको आरोप लगाए।
सांसद गजुरेलले ओलीले २०४७ सालकै संविधान सम्झेर दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे। ओलीले जनआन्दोलनलाई स्वीकार नगर्दा जनमतको पटक–पटक अममान गरेको उनले बताए।
नेता गजुरेलले पटक–पटक संसद् विघटन हुने अवस्थाको अन्त्य गर्नका लागि लामो छलफलपछि धारा ७६ (५) को व्यवस्था गरिएको समेत दाबी गरे।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति लक्षित गर्दै ओली पक्षले नै अहिले ठूलो स्वरमा अनुशासनको कुरा गरेको आरोप लगाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया