काठमाडौं । सवारी साधनको ब्लुबुक नवीकरण आजदेखि अनलाइनबाटै गर्न सकिने भएको छ ।
पहिलो चरणमा वाग्मती प्रदेशभित्र सवारी कर, जरिबानालगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एप दुबैबाट रकम भुक्तानी गर्न सकिनेछ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशको राजधानी हेटौडाबाट यो सेवाको उद्घाटन गर्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया