जम्मु काश्मिरमा भारतीय प्रहरीले खसाल्यो उडिरहेको ‘ड्रोन’

लोकपथ
7
Shares

काठमाडौं – जम्मु काश्मिरको अखनूर क्षेत्रमा भारतीय प्रहरीले एक ड्रोनलाई खसालेको छ।

भारतीय सञ्चारमाध्यमले उक्त ड्रोन पाकिस्तानबाट पठाइएको दाबी समेत गरेको छ ।

भारत र पाकिस्तानको सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ड्रोन मार्फत् ठूलो हमलाको तयारीमा विद्रोहीहरु लागेको भन्दै भारतीय गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन्।

जम्मू वा अन्तर्राष्ट्रिय सीमा नजिक कुनै ड्रोन भेटिएको यो पहिलो पटक होइन। गत जुनमा जम्मू एयरबेसमा दुईवटा विस्फोटन भएदेखि गत एक महिनामा धेरै स्थानहरूमा ड्रोनहरू भेटिएको थियो जसले ड्रोन हमलाको खतरा बढाएको भारतिय अधिकारीले अनुमान गरेका छन् ।

बढ्दो ड्रोन गतिविधिको बीच, जम्मू कश्मीरका डीजीपी दिलबाग सिंहले अधिकारीहरूलाई थप सतर्क रहन निर्देशन दिए । उनको निष्कर्ष छ, आतंकवादीहरुले हमलाका लागि निरन्तर ड्रोन प्रयोग गर्न खोजिरहेका छन्।

समाचार एजेन्सी पीटीआईले डीजीपी दिलबाग सिंहलाई उद्धृत गर्दै लेखेको छ, “आतंकवादी गतिविधि आतंकवादी गतिविधिहरूका लागि ड्रोन प्रयोग गर्ने निरन्तर प्रयास गरिरहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?