बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछिबाट हुने

लोकपथ
0
Shares

काठमाडौं – बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने गरी सरकारले कार्ययोजना तयार परेको छ।

मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएकाले पहुँचमार्ग निर्माण नगरेसम्म हेडवक्र्स पुग्नै नसकिने बताउँछन्। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?