जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
चन्द्रनगर गाउँपालिका–५ मोहनपुर माइती रहेको सकिला खातुनकी ३ वर्षीया छोरी मेहनाज खातुनको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
ती बालिका आफ्नो आमासँग लुगा धुन र नुहाउन पोखरीमा आएको बेला डुबेर मृत्यु भएको हो।
शव पोस्टमाटमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया