कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका स्वं नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ ।आइतबार अपराह्न ३ बजेपछि पशुपति आर्यघाटमा खड्काको अन्तिम संस्कार गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको छ ।बेलायतमा बस्दै आएका खुमबहादुरका छोरा अनुराग खड्का नेपाल नआइसकेकाले उनको पार्थिव शरीरलाई सानेपास्थित निवासमा राखिएको छ ।आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खड्काको पार्थिव शरीरलाई कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?