कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु भएको छ ।

दोलखाको कुन्जल गाउँपालिका(४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमवार साँझ मृत्यु भएको हो ।
कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदास खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?