बाक्लियो विप्लवको भेटघाट, बालकोटमा ओलीसँग छलफल

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न मंगलवार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

आजको भेटघाटमा ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम् जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैध किरणसँग समेत भेटवार्ता गरेका थिए ।

गत फागुन २१ गते तत्कालिन ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतीसँगै शान्तिपूर्ण राजनीतिमा आएका विप्लव केहि समय अघिबाट भेटघाटलाई तीव्रता दिएका छन् ।

सम्बन्धित समाचार

यसकारण विप्लव दौडिरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?