प्रतिनिधि सभामा गएनन् ओली

लोकपथ
448
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

सर्वोच्च अदालतले परमादेशपछि पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा ओली अनुपस्थित रहेका हुन् ।

गत असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना भएपछि ओली पदमुक्त भइ देउवा संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको एम महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । सोही अनुसार आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?