काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शंकर पोखरेलको पार्टी एकताको तीन महिनाको प्रयास खेर गएको आरोप लगाएका छन् ।
नेता पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा असहमती जनाएसँगै तीन महिनाको मेहनत खेर गएको टिप्पणी गरेको बताए ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भने- “माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गयो ।”
आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिँदैछन् । एमालेले देउवालाई विश्वाशको मत नदिने निर्णय गरेपनि नेपाल पक्ष भने देउवालाई विश्वासको मत दिने पक्षमा देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया