फ्लोरमा बसेर वा क्रस गरेर देउवालाई विश्वासको मत दिने झाँक्रीको अडान

लोकपथ
581
Shares

काठमाडौं । एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन् ।

एमाले नेपाल पक्षका सांसद झाँक्रीले देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न साथ दिएको भन्दै अब विश्वासको मत दिएर संसद पूरा कार्यकाल सञ्चालन गर्ने वातावरण बनाउन जोड दिएकी हुन् ।

सामाजिक सञ्जालमा लेख्दै नेतृ झाँक्रीले पार्टीले आधिकारीक निर्णय गरि फ्लोरमा बसेर वा त्यसो नभए अदालत जाने २३ सांसदले भएपनि मतदान गर्नुपर्ने बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्- “हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?