१. नेकपा एमालेको स्थायी कमिटी बैठक आइतवार बस्दै,बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि डाकियो ।
२. फुटको डिलमा पुगेको एमालेलाई जोगाउन दोस्रो पुस्ताका नेता सक्रिय, पार्टीलाई एकताबद्ध बनाउन ध्यान केन्द्रित गर्ने बिघठित कार्यदलका सदस्यको प्रतिवद्धता ।
३. माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता, देशको पछिल्लो राजनीतिक विषयमा दुबै नेताको छलफल ।
४. नेपाली कांग्रेसले भोलि बस्नेगरी बोलायो संसदीय दलको बैठक,माओवादी केन्द्र संसदीय दलको बैठक पनि भोलिनै ।
५. प्रतिनिधि सभा बैठकको तयारी पूरा,दोस्रो पटक प्रतिनिधि सभा पुनः स्थापना पछि आइतबार पहिलो बैठक बस्दै ।
६. प्रदेश नम्बर २ मा माओवादी केन्द्र सत्तामा उक्लियो,भरत शाह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बने,प्रदेश प्रमुखले आजै खुवाए सपथ ।
७. नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविनको काम अन्तिम चरणमा,अहिले सम्म १४ औं महाधिवेशनका लागि ८ लाख ५२ हजार जनाको सदस्यता वेव साइटमा राखियो ।
८. सरकारले साउन १५ गतेभित्र चीनबाट ३२ लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने,खोप भित्र्याउन साउन ६ गतेदेखि नेपाल वायूसेवा निगमको जहाज चीन जाने ।
९. शनिवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा १४औं महाधिवेशनबारे छलफल,क्रियाशील सदस्यता छाविन समितिका सदस्य श्याम घिमिरे माथि दुव्र्यवहार गर्नेमाथि कारवाही गर्न अनुशासन समितिलाई निर्देशन ।
१०. काठमाडौं उपत्यकामै सार्वजनिक यातायातमा मनपरी भाडा,यातायात व्यवसायी सर्वसाधारण यात्रुबाट सकेजति भाडा असुल्दै ।
११. कैलालीको धनगढी उपमहानगरको दुइवटा वडा जोड्ने शिवगंगा नदीमा पुल बनाउने संझौता सकिदा पिल्लर समेत बनेन,स्थानीयलाई नदी तर्न बयलगाडाकै भर ।
१२. शनिवार नेपालमा १८ सय ७५ जना कोरोनाका नयाँ संक्रमित थपिए, थपिने मध्ये काठमाडौं उपत्यकाका मात्रै ४ सय २८ जना,पछिल्लो २४ घण्टामा २१ सय ६४ जना संक्रमणमुक्त ।
१३. सामाजिक सञ्जालको गलत सूचनाले मानिसलाई मार्ने गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आरोप,फेसबुकले कोरोना भाइरस विरुद्धको खोपबारे गलत सूचना प्रवाह गरेको दाबी ।
१४. म्यान्मारमा सैन्य कु विरुद्धको आन्दोलनमा ७५ जना वालबालिकाको मृत्यु, सेनाले नियन्त्रणमा लिएर यातना दिएपछि वालबालिकाको मृत्यु भएको राष्ट्रसंघको प्रतिवेदन ।
१५. युरोपियन फुटबलको सर्वाेच्च निकाय युइएफएद्वारा सन् २०२५ सम्म च्याम्पियन्स लिगका फाइनल खेल हुने रंगशालाको नाम सार्वजनिक,फाइनल युरोपका विभिन्न पाँच रंगशालामा हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया