नेपाल खेलकुद महासंघको काठमाडौं जिल्ला कमिटी गठन

लोकपथ
903
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघको काठमाडौं जिल्ला कमिटी गठन भएको छ ।

शनिवार सम्पन्न नेपाल खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीको प्रथम भेलाले राजेश्वरमान स्थापितको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

महासंघको प्रथम भेलामा पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आथिथ्यतामा भएको महासंघको प्रथम भेलामा महासंघका अध्यक्ष रमेश पौडेल, नेकपा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य, बागमती प्रदेश सभा सदस्य केशव स्थापित, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेकपा एमाले काठमाडौंका अध्यक्ष कृष्ण राई, नेकोसका वरिष्ठ उपाध्यक्ष तथा नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत, जिफण्टका अध्यक्ष बिनोद श्रेष्ठ, नेकोसका उपाध्यक्षहरु निरेशलाल सिंह, चेतनराज गिरी, महासचिव मेघराज पौडेल बिशेष अतिथिको रुपमा रहेका थिए ।

नेकोस उपत्यका सचिब केशव ओली, सहसचिव विवेक घिमीरे लगायतको पनि सभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन सह संयोजक रती महर्जनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?