भद्रपुरबाट चार अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन

लोकपथ
70
Shares

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ एक अर्ब ८१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ८५ करोड रुपैयाँ, अन्तःशुल्कतर्फ ४४ करोड रुपैयाँ र स्वास्थ्य सेवा करबापत ९२ लाख रुपैयाँ सङ्कलन भएको बताए ।

अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले तीन अर्ब एक करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो । उनले झापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड – १९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?