काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा हात हालाहालको स्थिती उत्पन्न भएको छ ।
नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका सदस्य समेत रहेका कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेमाथि हातपात भएको हो ।
शुक्रवार गौशलास्थित नेपाल भारतमैत्री धर्मशालामा रहेका घिमिरेलाई सिन्धुपाल्चोकका कांग्रेसका कार्यकर्ताहरुले हातपात गरेको नेविसंघका एक नेताले लोकपलाई जानकारी दिए ।
उनका अनुसार नयाँ क्रियाशील सदस्यता र राप्रपाबाट कांग्रेसमा आएकाहरुबीचको समन्वय हुन नसक्दा घिमिरेमाथि हातपात भएको हो ।
क्रियाशील सदस्यताको काममा रहेका घिमिरेमाथि सिन्धुपाल्चोकका मोहन बस्नेत निकट हरिशरण श्रेष्ठको नेतृत्वमा आएका युवाहरुले हातपात गरेका हुन् ।
हातपातमा उएिका कांग्रेसका नेता कार्यकर्ताहरुले आफूहरुलाई पटक पटक क्रियाशील सदस्यताको बारेमा जानकारी गराएपनि माग सम्बोधन नभएको बताएका छन् ।
घिमिरेमाथि हातपात भएपछि त्यहा सुरक्षाकर्मी बढाइएको र घिमिरे आराम गरिरहेको बताइएको छ ।
बस्नेत पक्षका कार्यकर्ता र घिमिरे स्वंम पनि पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया