जर्मनी र बेल्जियममा बाढी : ७० जनाको मृत्यु

लोकपथ
217
Shares

काठमाडौं । अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियममा कम्तीमा ७० जनाको मृत्यु भएको छ। १३ सय जना भन्दा बढि हराइरहेको अनुमान त्यहाँको अधिकारीहरुको भनाई छ।

धेरैको क्षति जर्मनीमा भएको र बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन्।

जर्मनीको राइनल्यान्ड पलाटिनट र नर्थ राइन वेस्टफेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ। नेदरल्याण्डसमा पनि व्यापक प्रभाव परेको छ।

शुक्रवार उक्त क्षेत्रमा झन् धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ। अधिकारीहरूले जलवायु परिवर्तनका कारण विपद्को पछिल्लो घटना भएको बताइरहेका छन्।

जर्मनीका प्रभावित क्षेत्रहरूमा फसेकाहरूको उद्धार गर्नका लागि प्रहरीको हेलिकोप्टर र सयौँ सेना परिचालन गरिएको छ।दर्जनौँ मानिसहरूले छतमा उद्धारकर्ताहरूको प्रतीक्षा गरेका थिए।

पश्चिमी जर्मनीमा विद्यालयहरू बन्द गरिएका छन् भने यातायात सञ्जालमा व्यापक प्रभाव परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?