आज कांग्रेस पदाधिकारी बैठक बस्दै

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेका लागि बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

पदाधिकारी एवम् पूर्व पदाधिकारीहरु समेत उपस्थित हुने बैठकमा आगामी महाधिवेशन र सरकारका प्राथमिकताका बारेमा छलफल हुने बताइएको छ ।

त्यस्तै आजको बैठकमा विभिन्न जिल्लामा भइरहेको क्रियाशील सदस्यता विवादबारे समेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?