सामाजिक सुरक्षा कोषविरुद्ध सडकमा उत्रिए बैंकका कर्मचारी

लोकपथ
644
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषले असार मसान्तअघि नै दर्ता हुन पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित बनेका छन्।

केही दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरुले कोषलाई स्वैच्छिक बनाउन माग सहित बुधवार कोषको विरोधमा र्‍याली गरेका छन्। उनीहरुले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। कार्यालय अगाडि पनि विरोधका तुलहरु टाँगेका छन्।

जसको सामाजिक सुरक्षा छैन उसलाई कोषमा लैजानुपर्नेमा जसको पहिलेदेखि नै राम्रो सामाजिक सुरक्षा छ, उसलाई जबर्जस्ती लैजान खोज्ने कोषको कदम गलत भएको उनीहरुको माग छ।

उनीहरुका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूलधन डुब्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?