४० अर्ब बढी घाटा देखाएर निगम सिध्याउने खेल

वायु सेवा निगममा मौलाउँदो भ्रष्टाचार

लोकपथ
448
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमको वास्तविक ऋण धेरै नभए पनि नियतवस बढी देखाएर सिध्याउने प्रपञच रचिएको छ ।

निगमको वास्तविक घाटा ६ अर्व मात्रै भए पनि कुल घाटा ४६ अर्ब रुपैँया भएको भन्दै निगम सिध्याउने खेलमा लागेको कर्मचारीहरुको आरोप छ । निगमको पुरानो जोडिँदै आएको घाटा २ अर्ब मात्रै छ । यो घाटा लाउडा,धमिजा जस्ता विभिन्न काण्डबाट आएको घाटा हो भने लकडाउनका बेला जहाज संचालन हुन नक्दाको घाटा ४ अर्ब रुपैँया छ ।

यस आधारमा हेर्दा निगमको अप्रेटिङ घाटा जम्मा ६ अर्व रुपैँया मात्रै देखिन्छ । निगमका महाप्रबन्धक डिमप्रकास पौडडेलले कमिशन खाने दाउमा निगमको घाटा बढी देखाएर निगमलाई डुबाउने प्रयास गरेको कर्मचारीहरुको भनाई छ । महाप्रबन्धक पौडेलले निगमको घाटा ४६ अर्ब रहेको भन्दै सार्वजनिक कार्यक्रमहरुमा अभिव्यक्ति दिएको प्रति कर्मचारीले आपत्ति जनाएका छन् । ‘‘निगमको वास्तविक घाटा ६ अबै मात्रै हो,४६ अर्ब घाटा भन्दै हिँड्ने ?’’ नेपाल वायु सेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले भने ।

सरकारको पूर्ण स्वामित्वमा रहेको निगमाथि भएको भ्रष्टाचार कर्मचारीलाई स्वीकार्य नभएको भन्दै महाप्रबन्धक पौडेलको राजीनामा समेत मागिएको छ । निगम अप्रेटिङ घाटामा नगए पनि पुरानो घाटा देखाएर निगमलाई सिध्याउने खोजिएको कर्मचारीको आरोप छ । ‘‘ऋणलाई पनि घाटामा जोडेर बढी घाटा भएको भन्दै निगम हवाई माफियाहरुलाई बेच्न खोजिएको छ,’’अध्यक्ष कुँवरले लोकपथसँग भने ।

विगत १५ वर्ष यता निगमको नाफा नोक्सानको हिसाव किताव हेर्दा २०६४/६५ मा र आर्थिक वर्ष २०७५/७६ मा निगम घाटामा गएको देखिन्छ । निगमका अनुसार २०६४/६५ मा १६.२९ करोड र आर्थिक वर्ष २०७५/७६ मा १९६.५४ करोड घाटा भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा भने निगम नाफामा गएको छ । निगमका अनुसार यस अवधिमा निगमले ११ अर्ब ४८ करोड ६० लाख नाफा कमाएको छ ।

 

निगमले साढे ९ प्रतिशत व्याजदरमा जहाज खरिदका लागि सरकारको जमानीमा ३५-३६ अर्ब ऋण लिएको थियो । निगमले जहाज खरिद गरेर पनि ल्यायो । तर कोरोनाका कारण लकडाउन तथा निषेधाज्ञा भएका कारण जहाज संचालन हुन पाएन । त्यसले गर्दा पनि निगम घाटामा गएको  हो । महाप्रबन्धक पौडेलले जहाज किनेको ऋण समेतलाई जोडेर घाटा बढी देखाएको कर्मचारीको आरोप छ । जबकि ३६ अर्ब रुपैँया भन्दा बढी त निगमको पूँजी नै छ । कोरोनाले पूर्ण रुपमा जहाज संचालन हुन नपाएका कारण निगमले जहाज खरिदका लागि लिएको ऋणको साँवा ब्याज तिर्न सकेको छैन । यो ऋणलाई घाटामा राख्न नपाइने भए पनि महाप्रबन्धक पौडेलले सो ऋणलाई समेत घाटामा जोडेर निगम सिध्याउने खोजिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । निगमको सम्पत्ति समेतलाई घाटामा जोडेर घाटा बढी देखाएको प्रति कर्मचारीले आपत्ति जनाएका छन् ।

 

निगमको संचालक समितिले गत बिहीबार निगमलाई कम्पनीमा लैजाने गरी प्रस्तावित मोडल पर्यटन मन्त्रालय पठाएको थियो । आफ्ना कमी कमजोरीहरुलाई ढाकछोप गर्ने र आफ्ना नजिकका केही व्यक्तिहरुको फाइदाका लाािग निगमलाई कौडीको मूल्यमा विक्री गर्ने योजनाका साथ निगम व्यवस्थापनले यस्तो प्रस्ताव मन्त्रालय पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?