पीएसजीको प्रशिक्षण थाले रामोसले

लोकपथ
266
Shares

काठमाडौं । स्पेनिस डिफेन्डर सर्जियो रामोस पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा सामेल भएका छन् । १६ वर्ष स्पेनिस क्लब रियलमा बिताएका रामोस यसै सिजन पीएसजीसँग आवद्ध भएका हुन् ।

रामोस सोमवारबाट टिमको प्रशिक्षणमा सहभागी भएका पीएसजीले जनाएको छ । रामोस पीएसजीको ट्रेनिङ सेन्टर क्याम्प डी लोगेस पुगेर टिमका अन्य सदस्यसँग परिचय गर्दै प्रशिक्षणमा सामेल भएका हुन् ।

Image

पीएसजीले रामोससँग एक साता अघि सम्झौता गरेको थियो ।

रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए । रामोसले पीएसजीमा ४ नम्बरको जर्सी लगाउने छन् ।

रियलका लागि रामोसले १ सय १ गोल गरेका थिए भने ४० असिस्ट गरेका थिए । रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?