आज सुनचाँदीको मूल्य घट्यो

लोकपथ
623
Shares

काठमाडौं । नेपाली बजारमा सोमवार (आज ) सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ४ सय रहेको थियो । आज आइतवारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेर ९२ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्यमा पनि प्रतितोला २ सयले घटेर ९१ हजार ७ सय रहेको छ ।

आइतवारको तुलनामा सोमवार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।आइतवार चाँदीको मूल्य १३ सय १५ रहेकोमा आज १३ सय ५ कायम भइ कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?