अल्जेरियाका प्रधानमन्त्रीमा कोरोना संक्रमण पुष्टि

लोकपथ
0
Shares

अल्जेरिया । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिवार जानकारी दिएका हुन् ।

संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन् । उनले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गरेका उनको सचिवालयले जानकारी दिएको छ । घर भित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरेका  सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनलाई संक्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ ।

बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि भएको छ ।

अहिले दैनिक झण्डै दुई सय जनाको दरले संक्रमितहरुको संख्या वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?