रामनारायण यादव-सिरहा। प्रदेश २ को एक सरकारी कार्यालयका मदिरा पार्टीको दृश्य निकै चार्चामा आएको छ । यो दृश्य सिरहाको लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख संजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै मदिरा पार्टी गरेको दृश्य सामाजिक संजालमा सार्वजनिक भएको छ ।
असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा मदिरा खाँदै गरेको दृश्यहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सिंहले शनिवार कार्यालयभित्रै मदिरा पार्टी गरेकका हुन् । सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रमुख नै आफ्नो कार्यालयमै मदिरा पाटी गरेको दृश्यहरु सार्वजनिक भएपछि व्यापक रुपमा आलोचना भइरहेको छ ।
स्रोतका अनुसार, कार्यालय प्रमुख सिंहको विदाई कार्यक्रम समेत रहेको भन्दै कार्यालयभित्रै मदिरा पाटी गरेको हो । दृश्यमा देखिए अनुसार, कार्यालयभित्रै दुई टेबललाई जोडेर ग्रीन सिग्नेचर (रक्सीको ब्राण्ड) को बोतल सहित ग्लासमा समेत मदिरा हालेर पाटी गरि रहेको दृश्य अहिल चार्चाको विषय बनेको छ ।

सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले आफ्नो फेसबुकमा केही दृश्य सार्वजनिक समेत गरेका छन् । कार्यालयभित्रै मदिरा पाटीको दृश्य सार्वजनिक भएको केही घण्टामै सरोज मण्डलले सो दृश्यहरु आफ्नो फेसबुकबाट हटाएका छन् ।
सरकारी कार्यालयमा यस्तो किसिमको कार्य गर्नेलाई प्रशासनले के कस्तो कारवाही गर्ने भनेर आम जनसुमदायमा कौतुहुल्ता जागेको छ । सो विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटनाको बारेमा सत्य तथ्य बुझने काम भईरहेको र दोसिलाई कार्वाहीको दायरामा ल्याउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया