काठमाडौं । शनिवार दिउँसो काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भयो । वर्षाका कारण काठमाडौंका विभिन्न सडकहरु जलमग्न भए । नयाँ बानेश्वर, तिनकुने, अनामनगर, शान्तिनगर, पुतलीसडक, डिल्लीबजार, घट्टेकुलो, मैतीदेवी लगायतका सडक जलमग्न भए । मानिसहरुको तथा सवारी साधनहरुको आवत्जावत् नै प्रभावित बन्यो । तर ट्राफिक प्रहरीको सक्रियताका कारण जलमग्न सडक खोलिए । सवारी साधनको आवत्जावत्लाई सहज बनाईयो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रहरी निरिक्षक रामकृष्ण देवकोटाको नेतृत्वमा खटेको ट्राफिक प्रहरीले तिनकुनेमा पानिमा भिज्दै काम गरेर फसेका सवारी साधनलाई उद्धार गरिरहेको देख्न सकिन्थ्यो । देवकोटा नेतृत्वको प्रहरीले अनवरत रुपमा घण्टौँसम्म खटेर सर्वसाधारणलाई सहजता दिलाए ।
हेर्नुहोस् केही तस्वीरहरु :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया