हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
63
Shares

१. मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा राष्ट्रपति कार्यालयको सर्वाेच्चलाई जवाफ,राष्ट्रपतिबाट पदीय हैसियतले भएको  काममा मुद्दा चलाउन नमिल्ने तर्क ।

२. नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउन गठित कार्यदलका नेताहरु निरन्तर छलफलमा, सहमतिका लागि अधिकतम् प्रयास भइरहेको नेताहरुको भनाई ।

३. नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढ्दै, शुक्रवार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षीबीच छलफल ।

४. माओवादी केन्द्रको दर्ता खारेजीका लागि दवाब दिन माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु निर्वाचन आयोग पुगे,दल दर्ता खारेजी कार्यान्वयन गर्न माग

५. पार्टी खारेजीबारे माओवादी केन्द्रको प्रतिक्रिया,माओवादीसँग सरोकार नै नराख्ने व्यक्तिले गरेको उजुरी हास्यास्पद भएको टिप्पणी,भ्रममा नपर्न सबैसँग आग्रह ।

६. सरकारले चीनसँग खरीद गरेको भेरोसेल खोपको पहिलो खेप काठमाडौं आइपुग्यो, पहिलो खेपको खोप आज ल्याइयो । ३ खेप गरेर ४० लाख डोज ल्याइँदै

७. शुक्रवार नेपालमा कोरोनाका २२ सय ३९ जना नयाँ संक्रमित थपिए, पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु,१३ सय १६ जना संक्रमण मुक्त ।

८. यस वर्षको मनसुनजन्य विपदबाट क्षति व्यहोरेका किसानलाई सरकारले आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिने,क्षतिपूर्तिका लागि लागत संकलन भइरहेको कृषि मन्त्रालयको भनाई ।

९. केन्द्रीय प्रसारण लाइन मार्फत बझाङको कैलाश गाउँमा बिजुली पुगेपछि स्थानीय हर्षित, अन्धकारमा बस्नुपर्ने बाध्यताको अन्त्य ।

१०. विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने, सहयोग शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गरिने ।

११. धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको आन्दोलनप्रति सरकार गम्भीर नबनेको कांग्रेसको        आरोप, समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह

१२. बंगलादेशको रुपगञ्ज स्थित एक खाद्य उद्योगमा आगलागी हुँदा ५२ जनाको मृत्यु, आगलागीमा परेर ३० जना घाइते ।

१३. राष्ट्रपति जोभानेल मोइजको हत्यामा विदेशी समूह संलग्न रहेको हाइटी प्रहरीको दाबी,आक्रमणकारी समूहमा अधिंकाश कोलम्वियाका अवकाशप्राप्त सैनिक

१४. एशियन फुटबल फेडेरेशनद्वारा २३ वर्ष मुनिकाले खेल्ने एशिया कप छनौटको ड्र सार्वजनिक,नेपाल समूह बी मा पर्यो ।

१५. यहि जुलाई २३ देखि जापानमा हुने टोकियो ओलम्पिकमा रंगशालामा दर्शकलाई प्रवेश नदिइने,कोरोना जोखिमलाई हेरेर निर्णय गरिएको जापानको भनाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?