प्रतिलिपि अधिकार सम्बन्धी कानून स्पष्ट बनाउन माग

लोकपथ
35
Shares

काठमाडौं । प्रतिलिपि अधिकार सम्बन्धी कानून स्पष्ट नहुँदा धरै अन्यौलाता हुने गरेको भन्दै कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने सरोकारवालाले बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘प्रतिलिपि अधिकार(पहिलो संशोधन) विधेयक, २०७६’ को सम्बन्धमा गरिएको छलफलमा भाग लिँदै सरोकारवालाले प्रतिलिपि अधिकारको सम्बन्धमा विद्यमान कानुनी भाषामा अस्पष्टता हुँदा विवादित विषयको समाधान गर्न गाह्रो पर्ने गरेकाले आगामी दिनमा कानुनी भाषामा स्पष्टता ल्याउनुपर्ने बताएका हुन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य हेमनाथ पौडेलले लोक साहित्यलाई कपि गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय स्ववौद्धिक चोरीको विकृति बढेको कारण ऐनमा स्ववौद्धिक चोरीलाई नियन्त्रण गर्ने व्यवस्था हुनपर्ने बताए ।

संगितकार संघ नेपालका पूर्व अध्यक्ष तथा संरक्षक लक्ष्मण शेषले संगितको क्षेत्रमा १५ सेकेण्डसम्म हुबहु नोटेशन मिलेकोलाई कपि मानिने स्पष्ट रुपमा लेखिनुपर्ने बताउनुभयो । १५ सेकेण्डसम्म नोटेशन मिल्ने संयोग लाखौँमा पनि हुन नसकिने अनुसन्धानले पुष्टि गरेको
उनले बताए ।

राउटे समुदायसँग नजिक रहेर अनुसन्धानमा सक्रिय सत्यदेवीले सरकारले राउटेको भाषा संरक्षण गर्न नीति बनाउनुपर्ने बताए । राउटेको भाषाको लिपी बनाएर नै सुरक्षित राख्नुपर्ने उनले बताए ।

गितकार संघ नेपालका महासचिव रमेश कोईरालाले व्युत्पति, अनुवाद अथवा अनुकरणका नाममा मौलिकतालाई मास्नु गलत भएको बताए । उनले कानुनी भाषाको कुरालाई गम्भिरतापूर्वक लिइनुपर्नेमा सुझाव दिए ।

लेखक आरसी न्यौपानेले समाजको मनोविज्ञान, राजनीति, इतिहास, दर्शन लगायतको समग्र पाटोलाई विद्यमान प्रतिलिपी ऐनले नसमेटेको बताए । नेपालको सांस्कृतिक, दार्शनिक ग्रन्थहरुलाई अन्य देशहरुले अधिग्रहण गरेर आफ्नो प्रतिलिपी अधिकारमा राखिसकेको भन्दै आवश्यक पर्दा अन्तर्राष्ट्रियकरणमा जानेगरी प्रतिलिपी ऐन संशोधन गर्नुपर्ने उहाँले धारणा राखे ।

लेखक न्यौपानेले राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा कला, साहित्यको सम्बन्धमा नेपालले गरेको अन्वेषणलाई रचना परिभाषाको खण्डमा राखिनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?