जनकपुरधाम । सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्वर ३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबा रहेका छन् ।
ग्राभेल झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लालबन्दी नगरपालिका वडा नम्वर १५ स्थित चौरीमा ग्राभेल निकालेको लागि ८ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीवार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया