काठमाडौं । सुनसरीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने २१ वर्षीय दिलिप श्रेष्ठलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
इटहरीकी ती किशोरीलाई आइतवार जबरजस्ती करणी गरी फरार रहेका श्रेष्ठको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा लुकिछिपि बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
श्रेष्ठ उपर जवरजस्ती करणी सम्बन्धि मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया