काठमाडौं । कोरोना महामारीका कारण नेपालका पर्यटन व्यवसाय, हवाइ यात्रा निकै समय ठप्प नै रहे । फल स्वरुप नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टहरुको सूचीमा परेको छ । नेपालको पासपोर्ट हाल विश्वको १०९ औं स्थानमा रहेको छ ।
एयरपोर्टमा सुटकेस लिएर टहल्ने, पासपोर्ट देखाउने, आफूलाई जहाँ मन छ त्यहीँ उडेर जाने दृश्य अझै हामीभन्दा धेरै टाढा छ । त्यसमाथि अहिले त विश्वभरिका विभिन्न देशहरुले एकपछि अर्को गर्दै फेरि लकडाउन घोषणा गरिरहेका छन् ।
यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने विश्वका सबैभन्दा शक्तिशाली (भ्रमणमैत्री) तथा कम शक्तिशाली पासपोर्टको नामसहित एक प्रतिवेदन सार्वजनिक गरेको छ ।
विश्वभरिका राष्ट्रहरुको पासपोर्टको शक्ति मापन गर्दै आएको ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ अन्तर्राष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कमा आधारित छ । यसले आफ्नो अनुसन्धानमा १९९ वटा पासपोर्ट र २२७ भ्रमण गन्तव्यहरुलाई समेटेको छ । विभिन्न देशका भिसा नीतिमा परिवर्तन आउनासाथ यस तथ्याङ्कलाई अद्यावधिक गरिन्छ ।
यस सूची अनुसार नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टहरुको सूचीमा परेको छ ।

जापान एक नम्बरमा :
यता नेपाल विश्वकै कमजोर पासपोर्ट भएको राष्ट्रको सूचीमा परिरहँदा अर्कातिर जापानले फेरि पनि आफ्नो सर्वोत्कृष्ट स्थान कायम गर्न सफल भएको छ ।
जापानको पासपोर्टले अब १ सय ९३ देशमा भिसा फ्री(भिसा नचाहिने) अथवा भिसा अन अराइभल (गन्तव्यमा पुग्नासाथ भिसा पाउने) व्यवस्था हुन्छ ।

त्यसैगरी, १९२ अंक हासिल गर्दै सिंगापूर यस सूचीको दोस्रो स्थानमा रहन सफल भएको छ भने दक्षिण कोरिया र जर्मनी १९१ अंक सहित तेस्रो स्थानमा छन् ।
चौथो नम्बरमा फिनल्याड, इटाली लग्जमबर्ग र स्पेन रहेका छन् ।
अमेरिका र बेलायतमा यतिवेला कोरोना भाइरसको संक्रमण सङ्ख्या अत्याधिक मात्रामा बढिरहेको छ । जसको असर भ्रमण गन्तव्यहरु र पार्पोर्ट मा परेको छ । अमेरिका र बेलायत सूचीको ७ औं स्थानमा रहेका छन् ।
शक्तिशाली पासपोर्टहरुः
१.जापान (१९३)
२.सिंगापूर(१९२)
३.दक्षिण कोरिया, जर्मनी(१९१)
४.इटाली, फिनल्याण्ड, स्पेन, लक्जेमवर्ग(१९०)
५.डेनमार्क, अस्ट्रिया(१८९)
६.स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यण्ड्स, आयरल्याण्ड(१८८)
७.स्वीट्जरल्याण्ड, अमेरिका, बेलायत, बेल्जियम, न्यू जिल्याण्ड(१८७)
८.नर्वे,ग्रीस, माल्टा, चेक रिपब्लिक, (१८६)
९.क्यानाडा अस्ट्रेलिया(१८५)
१०.हंगेरी(१८४)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया